काठमाडौँ । जल तथा मौसम विज्ञान विभागले आगामी तीन दिनको मौसम पूर्वानुमान जारी गरेको छ । विभागका अनुसार हाल नेपालमा उल्लेखनीय मौसम प्रणाली छैन । हाल देशको पहाडी तथा हिमाली भू-भागमा आंशिक बदली रही अन्य भू-भागमा मौसम सामान्यतया सफा रहेको छ ।
२०७८ कार्तिक १९ गते (शुक्रबार)
दिउँसो: देशका प्रदेश नं १, बागमती प्रदेश र गण्डकी प्रदेशमा आंशिक देखि सामान्य बदली तथा अन्य प्रदेशहरुमा आंशिक बदली रहने छ। प्रदेश नं १ र गण्डकी प्रदेशका हिमाली भू-भागका एक वा दुई स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको छ ।
राती: देशका प्रदेश नं १, प्रदेश नं २ र बागमती प्रदेशमा आंशिक देखि सामान्य बदली रहने तथा अन्य भू-भागमा आंशिक बदली रहने छ । प्रदेश नं १ र गण्डकी प्रदेशका हिमाली भू-भागका एक वा दुई स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको छ ।
२०७८ कार्तिक २० गते (शनिबार)
दिउँसो: देशका प्रदेश नं १, प्रदेश नं २, बागमती प्रदेश र गण्डकी प्रदेशमा आंशिक देखि सामान्य बदली तथा अन्य प्रदेशहरुमा मौसम सामान्यतया सफा रहने छ। प्रदेश नं १ का एक वा दुई स्थानहरुमा हल्का वर्षाको सम्भावना रहेको छ । साथै प्रदेश नं १ र गण्डकी प्रदेशका हिमाली भू-भागका एक वा दुई स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको छ ।
राती: देशभर आंशिक बदली रहने छ । गण्डकी प्रदेशका हिमाली भू-भागका एक वा दुई स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको छ ।
२०७८ कार्तिक २१ गते (आइतबार)
दिउँसो: देशका प्रदेश नं १, बागमती प्रदेश र गण्डकी प्रदेशमा आंशिक देखि सामान्य बदली तथा अन्य प्रदेशहरुमा आंशिक बदली रहने छ। प्रदेश नं १ र गण्डकी प्रदेशका एक वा दुई स्थानहरुमा हल्का वर्षाको सम्भावना रहेको छ । साथै प्रदेश नं १ र गण्डकी प्रदेशका हिमाली भू-भागका एक वा दुई स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको छ ।
राती: देशका प्रदेश नं १, बागमती प्रदेश र लुम्विनी प्रदेशमा आंशिक देखि सामान्य बदली तथा अन्य प्रदेशहरुमा आंशिक बदली रहने छ । प्रदेश नं १ र गण्डकी प्रदेशका हिमाली भू-भागका एक वा दुई स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको छ ।