कर्णालीमा मुख्यमन्त्री शाहीले चार दिनसम्म गर्न सकेनन् मन्त्रिपरिषद् बिस्तार-Sutra News

कर्णालीमा मुख्यमन्त्री शाहीले चार दिनसम्म गर्न सकेनन् मन्त्रिपरिषद् बिस्तार

शुक्रबार, १९ कार्तिक २०७८

शुक्रबार, १९ कार्तिक २०७८

कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाही आफू  मुख्यमन्त्री भएको चार दिन बित्दा समेत मन्त्रीमण्डल बिस्तार गर्न सकेका छैनन् । माओवादी केन्द्रमा मुख्यमन्त्री महेन्द्रबहादुर शाहीसँग गत बैशाख महिनामा भएको सहमतिअनुसार यही कात्तिक १५ गते मुख्यमन्त्री शाही कर्णाली प्रदेशको मुख्यमन्त्री भएका थिए ।



माओवादी केन्द्रका १२, कांग्रेसका ६ जना र नेकपा(एकिकृत समाजवादी)का ३ जना सांसदहरुले समर्थनमा  शाही मुख्यमन्त्री बनेका थिए । मुख्यमन्त्री भएकै दिन मन्त्रीपरिषद् विस्तार हुने अनुमान गरिएको भएपनि शाहीले राती साढे आठ बजे एक्लै मुख्यमन्त्रीको सपथग्रहण गरेका थिए ।

मुख्यमन्त्री शाहीले मुख्यमन्त्रीसहित २ मन्त्रालय आफुसँग राख्न चाहेका छन् । माओवादीले सबैभन्दा ठुलो दल भएका कारणले ४ मन्त्रालयको माग गरेको छ भने नेकपा (एकिकृत समाजवादी)ले ३ मन्त्रालयको माग गरेको छ ।

कर्णालीमा ४० प्रदेशसभा सदस्य भएका कारणले ८ जनाभन्दा बढी मन्त्रीमण्डलको विस्तार गर्न नपाउने तर, सत्ता गठबन्धनका दलहरुले मन्त्रालयको माग बढी गरेका कारणले मन्त्रीमण्डल विस्तार हुन ढिलो भएको हो ।

मुख्यमन्त्री शाहीले माओवादीलाई ३ मन्त्रालय, एकिकृत समाजवादीलाई २ मन्त्रालय र आफुसँग मुख्यमन्त्रीसहित २ मन्त्रालय माग गरेका कारणले सरकार विस्तार ढिलाई भएको एकिकृत समाजवादीका एक सांसदले बताए ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट