एमसीसीमा राष्ट्रिय सहमति जुटेपछि मात्र पास गर्ने चिठी लेखेको प्रचण्डको खुलासा-Sutra News

एमसीसीमा राष्ट्रिय सहमति जुटेपछि मात्र पास गर्ने चिठी लेखेको प्रचण्डको खुलासा

शुक्रबार, १९ कार्तिक २०७८

शुक्रबार, १९ कार्तिक २०७८

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले अमेरिकी सहयोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) पारीतका लागि चिठ्ठी नलेखेको बताएका छन् ।



ललितपुरको खुमलटारस्थित देउसीभैलो टोलीलाई सम्बोधन गर्दै शुक्रबार दाहालले यस्तो बताएका हुन् ।

‘राष्ट्रिय सहमति नबनाई एमसीसी पारित गर्न सकिदैन । समय थप्नका लागि चिठ्ठी लेखीएको हो,’ दाहालले भने, ‘एमसीसी पारित गर्छौं भनेर चिठ्ठी लेखेका होइनौं । ‘सबै दलहरुसँग छलफल गरेर मात्र निर्णय गर्न सकिन्छ ।’

यसअघि प्रधानमन्त्री शेरबहादुर देउवाले बिहीबार प्रचण्ड र आफूले एमसीसी पास गराउँछौं भनेर अमेरिकालाई पत्र पठाइसकेको बताएका थिए ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट