यो हो फलफूल खाने सही समय, अनि गर्छ स्वास्थ्यलाई अधिकतम फाइदा  -Sutra News

यो हो फलफूल खाने सही समय, अनि गर्छ स्वास्थ्यलाई अधिकतम फाइदा  

शुक्रबार, १९ कार्तिक २०७८

शुक्रबार, १९ कार्तिक २०७८

फलफूल हाम्रो शरीरका लागि पौष्टिक तत्त्वका गजब स्रोत हुन् । हामीले नियमित फलफूल खाने गर्नुपर्छ ।
फलफूल जतिखेर खाएपनि हुन्छ भन्ने हामीलाई लाग्छ र कुसमयमा खाँदा स्वास्थ्यलाई राम्रो गर्दैन । फलफूल खाने सही समय हामी बताउँछौं ।



बिहान खाली पेट फलफूल खाने सबभन्दा सही समय हो । शरीरलाई कुनै पनि आहारको पोषक तत्त्व पचाउनका लागि एन्जाइम बनाउने आवश्यकता हुन्छ । खाली पेटमा फलफूल खाँदा शरीरका एन्जाइमले फलका पोषक तत्त्व सजिलै पचाउँछन् ।
खाना खानेबित्तिकै फलफूल नखानुस् । भरिएको पेटमा फलफूल खाँदा शरीरले पचाउन गाह्रो मान्छ । पेट पोल्ने, अपच, भारी हुने जस्ता समस्या यसबाट आइलाग्छन् । त्यसैले खाना खाएको तीन घन्टापछि मात्र फलफूल खानुस् ।
पोषणविद्हरूका अनुसार बिहान खाली पेटमा अनि दिउँसो ब्रेकफास्ट र लन्चका बीचमा फलफूल खाँदा सबभन्दा बढी फाइदा हुन्छ ।

सही समयमा फलफूल खानु त पर्छ नै, सही तरिकाले खानु पनि उत्तिकै जरूरी छ । फलफूललाई सलादका रूपमा खाँदा बढी फाइदा हुन्छ । दहीसँग वा नूनसँग फलफूल खाँदा गजब हुन्छ तर एसिडिटीको समस्या छ भने चाहिँ सलाद नखानुस् ।

बच्चाहरू प्रायः फल खान किचकिच गर्छन् । त्यसैले बच्चाहरूलाई फलफूलको जुस पिलाउनु उपयुक्त हुन्छ ।
उनीहरूलाई जुस स्वादिलो लाग्छ अनि त्यसमा भएका पौष्टिक तत्त्व पनि उनीहरूले प्राप्त गर्छन् ।फलफूल खाने सही समय कुन हो ?

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट