एक घण्टामै ५ लाखले किने रेड्मी नोट ११, मूल्य जम्मा २२ हजार-Sutra News

एक घण्टामै ५ लाखले किने रेड्मी नोट ११, मूल्य जम्मा २२ हजार

शुक्रबार, १९ कार्तिक २०७८

शुक्रबार, १९ कार्तिक २०७८

साओमीले बिहीवार सार्वजनिक गरेको रेड्मी नोट ११ सिरिजको पहिलो फ्ल्याश सेल सम्पन्न भएको छ । चिनियाँ बजारमा सोमबार भएको सो सेलमा तीन वटा मोडलका पाँच लाख सेट बिक्रि भएको छ ।



कम्पनीले दिएको जानकारी अनुसार रेड्मी नोट ११ को बिक्री र रेड्मी नोट ११ प्रो तथा रेड्मी नोट ११ प्रो प्लसको प्रि-अर्डरबाट यो संख्यामा फोन बिक्री भएको हो ।

चिनियाँ बजारमा रेड्मी नोट ११ को मूल्य ११९९ युआन (साढे २२ हजार रुपैयाँको हारहारी) बाट सुरु हुन्छ ।

यसमा मिडियाटेक डाइमेन्सिटी ८१० चिपसेट, ३३ वाट फास्ट चार्जिङ, ९० हर्जको रिफ्रेस रेटसहित ६.६ इन्चको ठूलो एलसीडी डिस्प्ले लगायतका फिचर छन् ।

त्यस्तो यो सिरिजका प्रो भेरियन्टहरुमा शक्तिशाली मिडियाटेक डाइमेन्सिटी ९२० चिप, क्वाड क्यामेरा, १२० वाटको फास्ट चार्जिङ सपोर्ट लगायतका फिचर छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट