यस्तो भयो राष्ट्रपति भण्डारीको तिहार, ५ तस्बिरमा हेर्नुहोस्-Sutra News

यस्तो भयो राष्ट्रपति भण्डारीको तिहार, ५ तस्बिरमा हेर्नुहोस्

शनिबार, २० कार्तिक २०७८

शनिबार, २० कार्तिक २०७८
काठमाडौँ, २० कात्तिक राष्ट्रपति विद्यादेवी भण्डारी शनिबार राष्ट्रपति निवास, शितल निवासमा दाई डेकेन्द्र पाण्डेलाई भाईटीका लगाइदिने क्रममा । तस्बिर ः रत्न श्रेष्ठ, रासस

राष्ट्रपति विद्यादेवी भण्डारीले भाइटीकाका अवसरमा आज बिहान ११ बजेर २ मिनेटको शुभसाइतमा आफ्ना कान्छो भाइ डेगेन्द्र पाण्डेलाई सप्तरङ्गी टीका लगाइदिएकी छन् ।



राष्ट्रपति कार्यालय शीतल निवासमा राष्ट्रपति भण्डारीले टीका लगाएर भाइलाई आशीर्वाद दिँदै दुबो र मखमलीयुक्त माला लगाई कटुस, ओखर र मिठाई खुवाएर भ्रातृवात्सल्य प्रस्तुत गरेकी थिइन् । उनले नेपाली ढाकाटोपी लगाएर भाइलाई उपहार प्रदान गरिन् । भाइ पाण्डेले यथाशक्य दक्षिणा प्रदान गरेर राष्ट्रपतिबाट आशीर्वाद लिएका थिए ।

त्यसअघि राष्ट्रपति भण्डारीले शास्त्रोक्त विधिपूर्वक दीप, कलश, गणेशका साथै अष्टचिरञ्जीवी र यम यमुनाको पूजा अर्चना गरेकी थिइन् । त्यसैगरी राष्ट्रपति भण्डारीले बहिनी सुशीला पाण्डेलाई पनि टीका लगाई दुबो, मखमली, सयपत्री र गोदावरी फुलको माला लगाइदिएकी थिइन् ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट