यस्तो छ आगामी तीन दिनको मौसम, यी ठाउँहरुमा भारी वर्षाको सम्भावना-Sutra News

यस्तो छ आगामी तीन दिनको मौसम, यी ठाउँहरुमा भारी वर्षाको सम्भावना

आइतबार, २१ कार्तिक २०७८

आइतबार, २१ कार्तिक २०७८

काठमाडौँ । जल तथा मौसम विज्ञान विभागले आगामी तीन दिनको मौसम पूर्वानुमान जारी गरेको छ । विभागका अनुसार हाल नेपालमा उल्लेखनीय मौसम प्रणाली छैन ।



 आगामी तीन दिनको मौसम पूर्वानुमान

२०७८ कार्तिक २१ गते (आइतबार)

दिउँसो: देशका प्रदेश नं १, बागमती प्रदेश र गण्डकी प्रदेशमा आंशिक देखि सामान्य बदली तथा अन्य प्रदेशहरुमा  आंशिक बदली रहने छ।  प्रदेश नं १ र गण्डकी प्रदेशका एक वा दुई स्थानहरुमा हल्का वर्षाको सम्भावना रहेको छ । साथै प्रदेश नं १ र गण्डकी प्रदेशका हिमाली भू-भागका  एक  वा  दुई  स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको छ ।

राती: देशका प्रदेश नं १, बागमती प्रदेश र गण्डकी प्रदेशमा आंशिक देखि सामान्य बदली तथा अन्य प्रदेशहरुमा आंशिक बदली रहने छ । प्रदेश नं १ र गण्डकी प्रदेशका हिमाली भू-भागका  एक  वा  दुई  स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको छ ।

२०७८ कार्तिक २२ गते (सोमबार)

दिउँसो: देशका प्रदेश नं १ र गण्डकी प्रदेशमा आंशिक देखि सामान्य बदली तथा अन्य प्रदेशहरुमा आंशिक बदली रहने छ।  प्रदेश नं १ र गण्डकी प्रदेशका हिमाली भू-भागका  एक  वा  दुई  स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको छ ।

राती: देशका प्रदेश नं १ र लुम्विनी प्रदेशमा आंशिक बदली तथा अन्य प्रदेशहरुमा मौसम सामान्यतया सफा रहने छ ।

२०७८ कार्तिक २३ गते (मंगलबार)

दिउँसो: देशको सुदुर पश्चिम प्रदेश तथा बाँकि प्रदेशको पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रहि बाँकी  भू-भागमा आंशिक  बदली रहने छ।

राती: देशका प्रदेश नं १ र लुम्विनी प्रदेशमा आंशिक बदली तथा अन्य प्रदेशहरुमा मौसम सामान्यतया सफा रहने छ ।

आगामी  २४  घण्टाका  लागि  चेतावनी  तथा  परामर्श (Warning/Advisory for next 24 hours)

प्रदेश नं १ र गण्डकी प्रदेशका एक वा दुई स्थानहरुमा हल्का वर्षाको सम्भावना साथै प्रदेश नं १ र गण्डकी प्रदेशका हिमाली भू-भागका  एक  वा  दुई  स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेकोले सामान्य सतर्कता अपनाउनुहुन अनुरोध छ ।

 

 

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट