नाइजेरियामा निर्माणाधीन भवन भत्कियो, ४२ जनाको मृत्यु-Sutra News

नाइजेरियामा निर्माणाधीन भवन भत्कियो, ४२ जनाको मृत्यु

आइतबार, २१ कार्तिक २०७८

आइतबार, २१ कार्तिक २०७८
People gather at the site of a collapsed 21-story building in Ikoyi, Lagos, Nigeria, November 1, 2021. REUTERS/Temilade Adelaja

नाइजेरियाको लागोसमा निर्माणाधीन अवस्थाको एक भवन भत्किँदा ४२ जनाको ज्यान गएको छ । नाइजेरियाको सबैभन्दा ठूलो तथा आर्थिक केन्द्र मानिएको यस नगरमा भएको दुर्घटनामा परेर ४२ जनाको ज्यान गएको र अरु केही अझै पनि भवनको भग्नावशेषमा परेका छन् ।



उद्धारकर्मीहरुले सो भवन भत्किँदा के कति जना नागरिक पुरिएका या च्यापिएका छन् भन्ने बारेमा केही बताएका छैनन् । शुक्रबार राति भएको सो दुर्घटनाका १५ जनालाई भने जिवीतै उद्धार गरिएको थियो । सो भवनमा कतिजना पुरिएका छन् भन्ने स्पष्ट नभए पनि उद्धार अधिकारीहरुले करिब ४९ जनाका आफन्तले आफ्ना सदस्य हराएका बताएका जनाएका छन् ।  सिन्ह्वा

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट