दीपिका पादुकोण गर्भवती !-Sutra News

दीपिका पादुकोण गर्भवती !

आइतबार, २१ कार्तिक २०७८

आइतबार, २१ कार्तिक २०७८
dipika

दीपावलीलाई लक्षित गर्दै भारतमा बिग रिलिज हुने तयारीमा रहेको फिल्म ‘सूर्यवंशी’ को प्रमोसनमा निर्देशक रोहित शेट्टी र कट्रिना कैफ व्यस्त छन् । विभिन्न टिभी शोमा पुगेर उनीहरूले आफ्नो फिल्मलाई प्रमोसन गरिरहेका छन् । फिल्मका लिड एक्टर अक्षय कुमार फिल्म छायांकनमा व्यस्त भएकाले फिल्मको प्रमोसनमा निर्देशक र नायिका व्यस्त छन् ।



यसैक्रममा रोहित रणवीर सिंहको टिभी शोमा सहभागी भए । रोहितले रणवीरसँग सिम्बामा काम गरिसकेका छन् भने सर्कस पोष्ट प्रोडक्सनमा छ । सूर्यवंशीमा पनि रणवीरको केमियो छ । यसैले गर्दा पनि रणवीर र रोहित नजिक छन् । शोमा कुराकानी गर्ने क्रममा रोहितले रणवीर पिता बन्न लागेको संकेत गरे ।

एक प्रसंगमा रोहितले रणवीर पिता बन्दैछन् भने । यद्यपि उनले त्यसलाई सच्याउन खोजे । तर, यो कुराले यतिबेला बी-टाउनमा राम्रै चर्चा पाइरहेको छ । रणवीरले अभिनेत्री दीपिका पादुकोणसँग सन् २०१८ मा विवाह गरेका हुन् । यी दुईले आफ्नो दशक लामो प्रेमलाई विवाहमा परिणत गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट