सल्यान बस दुर्घटना अपडेट- मृतकको संख्या १२ पुग्यो-Sutra News

सल्यान बस दुर्घटना अपडेट- मृतकको संख्या १२ पुग्यो

आइतबार, २१ कार्तिक २०७८

आइतबार, २१ कार्तिक २०७८

सल्यानको खलंगाबाट दाङको तुलसीपुर आउँदै गरेको रा१ख २५५२ नम्बरको बस दुर्घटनामा मृत्यु हुनेको संखया १२ पुगेकोे छ । मृत्यु हुनेमा १० महिला र २ पुरुष रहेको प्रहरीले जनाएको छ ।



शनिवार विहान सल्यानको खलंगाबाट दाङको तुलसीपुर आउँदै गरेको बस कपुरकोट गाउँपालिकामा दुर्घटना ग्रस्त भएको थियो । उक्त बसमा ३० जना यात्रु सवार थिए । बस सडकबाट करिब दुई सय मिटर तल खोलामा खसेको छ । घाइतेहरूका अनुसार बस निकै नै तिव्र गतिमा थियो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट