उडिरहेको विमानले बगैंचामा बसिरहेका मानिसहरुमाथि मलमुत्र खसाएपछि…-Sutra News

उडिरहेको विमानले बगैंचामा बसिरहेका मानिसहरुमाथि मलमुत्र खसाएपछि…

आइतबार, २१ कार्तिक २०७८

आइतबार, २१ कार्तिक २०७८

संयुक्त अधिराज्यको राजधानी लन्डनको पश्चिमतिर पर्ने बर्कशायरका एक व्यक्ति आफ्नो बगैँचामा सुस्ताइरहेका बेला अनौठो घटना भयो।



उनीमाथि र बगैँचाभर एउटा विमानबाट खसालिएको मानव मलमूत्र ‘नरमाइलो तरिकाले छरपस्ट भयो।’

त्यो घटना गत जुलाई महिनाको मध्यतिर भएको थियो। तर अहिले स्थानीय तह- काउन्सिलको बैठकमा छलफल भएपछि बल्ल त्यो घटना चर्चामा आएको छ।

द रोयल बरो अफ विन्सर एन्ड मेडनहेड्स एभिएशन फोरमको बैठकमा बोल्दै काउन्सिलर क्यारन डेभिसले आफूलाई एक जना स्थानीय बासिन्दाले सम्पर्क गरेर कसरी उनको बगैँचा, बगैँचामा राखेको ठूलो छतरी र उनी आफैँ मलमूत्रमा परे भन्ने घटना बारे जानकारी दिएको बताइन्।

त्यस्तो घटना कसरी हुन पुग्यो र के अब हामीले आकाशमा के हुँदैछ भनेर समेत विचार गर्नु पर्ने भएको हो?

के भएको थियो?

हिथ्रो विमानस्थलमा अवतरण गर्ने विमानहरू नियमित रूपमा विन्सर हुँदै जान्छन्

ती व्यक्ति विन्सर भन्ने शहरमा बस्छन्। त्यही बाटो हुँदै विमानहरू लन्डनको पाँचमध्ये सबभन्दा ठूलो विमानस्थल हिथ्रोतर्फ लाग्छन्।

“हरेक वर्ष विमानबाट हिउँ झैँ जमेको मलमूत्र झर्ने घटनाहरू हुने गरेको मलाई थाहा छ,” डेभिसले भनिन्, “तर यो घटना त असाध्यै नरमाइलो तरिकाले भएको पाइयो।”

“उनी आफ्नो बगैँचामै भएका बेला त्यस्तो हुनु त असाध्यै नराम्रो अनुभव भयो। शायद त्यस्तो फेरि कसैलाई नहोला।”

अर्का काउन्सिलर जन बाउडेनले त्यसलाई ‘एक अर्बमा एक पटक हुनसक्ने सम्भावना भएको’ घटना भनेका छन्।

न्यानो मौसमका कारण पनि त्यो मलमूत्र त्यसरी तरल अवस्थामा तल झरेको हुनसक्ने उनी ठान्छन्।

कसरी भयो?

विमानका शौचालयमा जम्मा हुने मलमूत्र विशेष ट्याङ्कमा जम्मा हुन्छ जुन विमान अवतरण गरेपछि खाली पारिन्छ।

तर अन्तर्राष्ट्रिय उडान सम्बन्धी अधिकारीहरू त्यस्ता ट्याङ्की विमान आकाशमै हुँदा कहिलेकाहीँ चुहिने स्विकार्छन्।

बीबीसी रेडियो बर्कशायरले उडान विज्ञ जुलियन ब्रेसँग कसरी त्यस्तो चुहावट हुन सक्छ? भनेर सोधेका थियो। बीबीसी

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट