काँग्रेसले बोलायो केन्द्रीय समिति बैठक-Sutra News

काँग्रेसले बोलायो केन्द्रीय समिति बैठक

आइतबार, २१ कार्तिक २०७८

आइतबार, २१ कार्तिक २०७८

काठमाडौँ । सत्तारुढ दल नेपाली काँग्रेसले केन्द्रीय समितिको बैठक बोलाएको छ । महाधिवेशनको मिति तोकेर पनि पटकपटक सार्दै आएको नेपाली काँग्रेसले केन्द्रीय समिति बैठक आह्वान गरेको छ ।



प्रधानमन्त्री समेत रहेका सभापति शेर बहादुर देउवाको निर्देशनमा पार्टीले कात्तिक २८ गतेका लागि बैठक आह्वान गरेको हो ।

पार्टी कार्यालय सानेपामा हुने गरी कात्तिक २८ गते आइतवार दिउँसो १ बजेका लागि बैठक बोलाइएको काँग्रेस मुख्यसचिव कृष्ण प्रसाद पौडेलले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट