सेना र प्रहरी प्रयोग गर्न नसकेपछि सरकारमाथि अदालत प्रयोग भयो- ओली-Sutra News

सेना र प्रहरी प्रयोग गर्न नसकेपछि सरकारमाथि अदालत प्रयोग भयो- ओली

आइतबार, २१ कार्तिक २०७८

आइतबार, २१ कार्तिक २०७८
oli

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सत्ता गठबन्धनले मुलुकको लोकतन्त्रलाई कमजोेर बनाउन खोजेको आरोप लगाएका छन् ।



एमाले कर्णाली प्रदेश सम्पर्क कमिटीले आइतबार काठमाडौंमा गरेको कार्यक्रममा ओलीले सत्ता गठबन्धनले मुलुकका लागि नभएर सत्ता स्वार्थका लागि एकता गरेको भन्दै गठबन्धनले मुलुकको लोकतन्त्रलाई कमजोेर बनाउन खोजेको आरोप लगाएका हुन् । ओलीले सेना र प्रहरी प्रयोग गर्न नसकिएपछि आफ्नो सरकारमाथि अदालत प्रयोग भएको टिप्पणी गरे ।

अब पनि अनेक प्रतिगामी परमादेश आउन सक्ने भन्दै उनले एमालेले मुलुक र लोकतन्त्रलाई तलमाथि हुन नदिने बताए । एमाले नभएको भए १७ साल दोहरिने खतरा देखिएको उनले तर्क गरे । उनले एमालेका लागि सरकार नभएर मुलुक पहिला प्राथमिकता भएको स्पष्ट पारे ।

एमाले अध्यक्ष ओलीले बाबुराम भट्टराई भूमिगत हुदा उनका छोराछोरी बेलायत पढ्न गएको भन्दै आम्दानी र भिसाका बिषयमा प्रश्न उठाएका थिए ।

उहाले अहिले बिभिन्न स्थानमा एमाले प्रवेश गर्नेको लहर चलेको भन्दै एमाले अव शसक्त भएर अघि बढ्ने दावी गरे ।

 

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट