बारको आन्दोलनका बीच प्रधानन्यायाधीश जबराले तोके ६ इजलास, सबै बन्दी प्रत्यक्षीकरणसँग सम्बन्धित-Sutra News

बारको आन्दोलनका बीच प्रधानन्यायाधीश जबराले तोके ६ इजलास, सबै बन्दी प्रत्यक्षीकरणसँग सम्बन्धित

सोमबार, २२ कार्तिक २०७८

सोमबार, २२ कार्तिक २०७८

सर्वोच्च अदालतका प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले सोमवार ६ वटा इजलास तोकेका छन् ।



जबराको राजीनामा माग गर्दै न्यायाधीशले इजलास बहिष्कार गरिरहेको अवस्थामा र बार एसोसियसनले आन्दोलन गरिरहेको अवस्थामा जबराले त्यसलाई उपेक्षा गर्दै इजलास तोकेका हुन् ।

उनले तोकेको ६ इजलासमा ७ वटा मुद्दाको पेशी रहेका छन् । उनले २ वटा एकल इजलास र ४ वटा संयुक्त इजलास तोकेका छन् ।

पेशी तोकेका सबै इजलासमा बन्दीप्रत्यक्षीकरणसँग सम्बन्धित रहेका मुद्दाहरू छन् । यसअघि न्यायाधीशहरू बन्दी प्रत्यक्षीकरणको मुद्दा सुनुवाई गर्न इजलास भने गएका थिए ।

यससँगै जबराको राजीनामालाई लिएर बारले आन्दोलनका नयाँ कार्यक्रमहरू घोषणा गरेको छ । यसअघि हातमा कालोपट्टी बाँधेर अदालत परिसरमा धर्ना दिएका बारका वकिलहरूले आजदेखि सोही कार्यक्रमलाई निरन्तरता दिने बताएका छन् ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट