बारका अध्यक्षको कार्यकक्षमा ताला लगाउने अधिवक्ताको चेतावनी-Sutra News

बारका अध्यक्षको कार्यकक्षमा ताला लगाउने अधिवक्ताको चेतावनी

सोमबार, २२ कार्तिक २०७८

सोमबार, २२ कार्तिक २०७८

स्वतन्त्र राष्ट्रिय कानून व्यवसाय अभियानमा लागेका केही कानून व्यवसायीहरूले नेपाल बार एसोसियसनका अध्यक्ष चण्डेश्वर श्रेष्ठको कार्यकक्षमा ताला लगाउने भएका छन् ।



आफूलाई सोही अभियानको अभियन्ता बताउने अधिवक्ता कृष्ण प्रसाईले बारको परिसरमा भाषण गर्दै अध्यक्षको कार्यकक्षमा ताला लगाउने चेतावनी दिएका हुन् ।

‘चोलेन्द्रलाई मात्र होइन, सबैलाई महाभियोग लगाउनुपर्छ,’ उनले बाराको प्रांगणमा उभिएर भने, ‘हामीले बारले जसरी आन्दोलन गरिरहेको छ, त्यसको विरुद्धमा आन्दोलन गर्दैछौं । न्यायप्रणाली ध्वस्त भएको छ, चोलेन्द्रको कर्तुतबारे मात्र बोलेर हुँदैन ।’

उनले आज चेतावनी मात्र दिएको र भोलि श्रेष्ठको कार्यकक्षमा ताला लगाउने भन्दै तालासमेत देखाएका छन् ।

‘आज चेतावनी मात्र हो, भोलि अध्यक्षको कार्यकक्षमा ताला लगाउनेछौं,’ उनले भने ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट