बेलायतमा एक व्यक्तिले गरे १०० शवसँग यौनसम्पर्क, अदालतले सुनायो जन्मकैदको फैसला-Sutra News

बेलायतमा एक व्यक्तिले गरे १०० शवसँग यौनसम्पर्क, अदालतले सुनायो जन्मकैदको फैसला

सोमबार, २२ कार्तिक २०७८

सोमबार, २२ कार्तिक २०७८

बेलायतका एक व्यक्तिले कम्तिमा १०० शवसँग यौन सम्पर्क गरेको स्वीकारेका छन् । दुई महिलाको हत्या गरेको आरोपमा १० वर्षअघि  पक्राउ परेका डेभिड फुलरले आफूले काम गर्ने अस्पतालका मुर्दाघरका शवसँग घृणित कार्य गरेको स्वीकारेका हुन ।



फुलरले सन् १९८७ मा वेन्डी नेल र र क्यारोलिन पियर्स नाम गरेका दुई महिलाको हत्या गरेका थिए । उनी सन् २०११ को सेप्टेम्बरमा पक्राउ परेका थिए । फुलरले सन् १९८९ देखि २००० सम्म केन्ट एन्ड ससेक्स अस्पताल र टर्नब्रिज वेल्स हस्पिटलका  मुर्दाघरमा ल्याइएका महिलाका शवसँग यौन सम्पर्क गरेका थिए । उनले ११ बर्षीय किशोरीदेखि ८० वर्षीया बृद्धको शवसँग घृणित कार्य गरेका थिए ।

ती अस्पतालका मुर्दाघरमा उनले १२ वर्षसम्म इलेक्ट्रिसियनको रुपमा काम गरेका थिए । उनी राति अबेरसम्म काम गर्थे ।  एक पीडितकी आमाले एउटा सनसनीपूर्ण अन्तर्वार्तामा फुलरले आफ्नो २४ वर्षीय छोरी अजार केमेलको  शवलाई टनब्रिज वेल्स हस्पिटलमा पटक पटक बलात्कार गरेको बताएकी छिन् । २४ वर्षीय केमेलको लडेर मृत्यु भएको थियो ।

यो घटना अनुसन्धानका लागि बेलायत प्रहरीलाई  २५ लाख युरो खर्च लागेको  छ । ६७ वर्षीय फुलरलाई अदालतले आजिवन काराबासको सजाय सुनाएको छ ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट