यस्तो छ आज र भोलिको मौसम, यी ठाउँहरुमा हिमपातको सम्भावना-Sutra News

यस्तो छ आज र भोलिको मौसम, यी ठाउँहरुमा हिमपातको सम्भावना

सोमबार, २२ कार्तिक २०७८

सोमबार, २२ कार्तिक २०७८

काठमाडौँ ।  जल तथा मौसम विज्ञान विभागले आगामी तीन दिनको मौसम पूर्वानुमान जारी गरेको छ ।  विभागका अनुसार हाल नेपालमा अरब सागरमा विकसित भैरहेको निम्न चापीय प्रणालीको सामान्य प्रभाव रहेको छ ।



२०७८ कार्तिक २२ गते (सोमबार

दिउँसो: देशका प्रदेश नं १ र गण्डकी प्रदेशमा आंशिक देखि सामान्य बदली तथा अन्य प्रदेशहरुमा आंशिक बदली रहने छ।  प्रदेश नं १ र गण्डकी प्रदेशका हिमाली भू-भागका  एक  वा  दुई  स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको छ ।

राती: देशभर आंशिक बदली रहने छ । गण्डकी प्रदेशका हिमाली भू-भागका  एक  वा  दुई  स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको छ ।

 २०७८ कार्तिक २३ गते (मंगलबार

दिउँसो: देशको पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रहि बाँकी  भू-भागमा मौसम सामान्यतया सफा रहने छ। प्रदेश नं १ र गण्डकी प्रदेशका हिमाली भू-भागका  एक  वा  दुई  स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको छ ।

राती: देशको पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रहि बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने छ। गण्डकी प्रदेशका हिमाली भू-भागका  एक  वा  दुई  स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको छ ।

 २०७८ कार्तिक २४ गते (बुधबार

दिउँसो: देशको प्रदेश न १, वागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली तथा कर्णाली र सुदुरपश्चिम प्रदेशमा आंशिक वदली रहि बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने छ। प्रदेश न १ र गण्डकी प्रदेशका हिमाली भू-भागका  एक  वा  दुई  स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको छ ।

राती: देशको पहाडी भू-भागमा आंशिक बदली रहि बाँकी  भू-भागमा मौसम सामान्यतया सफा रहने छ। गण्डकी प्रदेशका हिमाली भू-भागका  एक  वा  दुई  स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको छ ।

 आगामी  २४  घण्टाका  लागि  चेतावनी  तथा  परामर्श (Warning/Advisory for next 24 hours)

प्रदेश नं १ र गण्डकी प्रदेशका हिमाली भेगका एक वा दुई स्थानहरुमा  हल्का हिमपातको सम्भावना रहेकोले सामान्य सतर्कता अपनाउनु हुन अनुरोध छ ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट