सत्तारुढ गठबन्धन बैठक बस्दै, उच्च स्तरीय समन्वय समिति बनाउने तयारी-Sutra News

सत्तारुढ गठबन्धन बैठक बस्दै, उच्च स्तरीय समन्वय समिति बनाउने तयारी

सोमबार, २२ कार्तिक २०७८

सोमबार, २२ कार्तिक २०७८
gathabandhan फाइल तस्वीर

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच भेटवार्ता भएको छ । उनीहरुबीच सोमबार बिहान भेटवार्ता भएको हो ।



भेटवार्तापछि सत्ता गठबन्धनको बैठक बोलाइएको छ । गठबन्धनको बैठक साँझ ५ बस्ने एक नेताले जानकारी दिए ।

आज बस्ने गठबन्धनको बैठकमा न्यायालयमा देखिएको टकराव, गठबन्धन सरकारका काम र राजदूत नियुक्तिलगायतका विषयमा छलफल हुने बताइएको छ ।

त्यस्तै आजको बैठकमा उच्चस्तरीय समन्वय समिति बनाउने तयारीसमेत गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट