गृहमन्त्रीको आरोप- एमालेका कारण नागरिकता वितरण गर्न सकिएन-Sutra News

गृहमन्त्रीको आरोप- एमालेका कारण नागरिकता वितरण गर्न सकिएन

सोमबार, २२ कार्तिक २०७८

सोमबार, २२ कार्तिक २०७८
home minister

काठमाडौँ । गृहमन्त्री बालकृष्ण खाँणले एमालेले सदन अवरुद्ध गरेकाले नागरिकताजस्ता महत्वपूर्ण विधेयक ल्याउन नसकेको बताएका छन् ।



सोमबार जनकपुर बिमानस्थलमा सञ्चारकर्मीसंग कुरा गर्दै मन्त्री खाँणले आफूहरु सरकारमा आइसकेपछि एमालेले सदन नै चल्न नदिएका कारण नै बिधेयक ल्याउन नसकेको बताएका हुन् ।

उहाले सदन चल्न दिन एमालेसंग आग्रह पनि गरे । त्यस्तै उनले= कार्यपालिका, न्यायपालिका र व्यवस्थापिका स्वतन्त्र ढंगले नै चल्नुपर्ने सबैको चाहना रहेको र अब न्यायपालिकाको विवाद छिटो अन्त्य गर्ने पहल भईरहेको बताए ।

मन्त्री खाणँले नागरिकको जीवन रक्षाका लागि सरकार गम्भीर रहेको भन्दैसरकारको पहिलो दायित्व नै नागरिकको सुरक्षा रहेको उल्लेख गरे ।

बिमानस्थलमा कांग्रेस नेताहरु रामकृष्ण यादव, मुक्ता कुमारी यादव, प्रदेश मन्त्रीद्वय रामसरोज यादव र विरेन्द्र सिंह लगाएतले मन्त्री खाँणलाई स्वागत गरेका थिए ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट