प्रधानसेनापति प्रभुराम शर्माको भारत भ्रमण किन ?-Sutra News

प्रधानसेनापति प्रभुराम शर्माको भारत भ्रमण किन ?

मंगलबार, २३ कार्तिक २०७८

मंगलबार, २३ कार्तिक २०७८
prabhuram sharma

प्रधानसेनापति प्रभुराम शर्मा मंगलबार भारतको औपचारिक भ्रमणमा जाँदैछन् । उनी भारतका सेनाध्यक्ष एमएम नरवणेको निमन्त्रणामा २६ कात्तिकसम्मका लागि दिल्ली भ्रमणमा जान लागेका हुन् ।



प्रधानसेनापति शर्मालाई भारतीय राष्ट्रपतिबाट भारतीय सेनाको मानार्थ महारथीको दर्जाबाट सम्मान गर्ने कार्यक्रम तय भएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।

नेपाल र भारतबीच एक-अर्का मुलुकका प्रधानसेनापतिलाई मानार्थ महारथीको दर्जा प्रदान गर्ने प्रचलन छ ।

प्रधानसेनापति शर्माले समकक्षी जनरल नरवणेलगायत भारतीय सेनाका उच्चपदस्थ अधिकारीसँग समेत भेटवार्ता गर्नेछन् ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट