न्यायाधीशको असहमति रहँदा रहँदै पनि जबराले तोके पेशी, १० वटा इजलासमा सबैखाले मुद्दा-Sutra News

न्यायाधीशको असहमति रहँदा रहँदै पनि जबराले तोके पेशी, १० वटा इजलासमा सबैखाले मुद्दा

मंगलबार, २३ कार्तिक २०७८

मंगलबार, २३ कार्तिक २०७८

सर्वोच्च अदालतका न्यायाधीशहरूले इजलास बहिष्कार गरिरहेका बेला प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले सबै खाले मुद्दाहरूमा आफूसहित अन्य न्यायाधीशहरू राखेर १० वटा इजलास गठन गरेका छन् ।



बन्दीप्रत्यक्षीकरणबाहेक अन्य मुद्दा नतोक्ने भन्दै यसअघि भएको भद्र सहमतिविपरित जबराले सबैखाले मुद्दाको इजलास तोकेका हुन् ।

न्यायालयमा भएको बेथिति समाधानका लागि जबराले राजीनामा दिएर मार्गप्रशस्त गर्नुपर्ने माग उठिरहेका बेला जबराले भने वार की पारको बाटो रोजेका छन् ।

जबराले तोकेको इजलासमा न्यायाधीश जान्छन् कि जाँदैनन् भन्ने अहिलेसम्म खुलेको छैन । तर अदालतमा जबराविरुद्ध १९ न्यायाधीश एकापट्टी रहेका छन् ।

आज तोकिएको इजलासमा जबराले आफूलाई छुट्टै इजलाससमेत पारेका छन् । आफूसँग इजलास सेयर नगर्ने न्यायाधीशहरूको संकेत बुझेपछि उनले आफ्नो छुट्टै इजलास गठन गरेका हुन् ।

प्रधानन्यायाधीशले आफ्नो अलावा दीपककुमार कार्की र नहकुल सुवेदी, मीरा खड्का र कुमार रेग्मी, हरिकृष्ण कार्की र सुष्मालता माथेमा, विश्वम्भरप्रसाद श्रेष्ठ र कुमार चुडाल, आनन्दमोहन भट्टराई र मनोजकुमार शर्मा, आनन्दमोहन भट्टराई र प्रकाशकुमार ढुंगाना, अनिलकुमार सिन्हा र प्रकाशमान सिंह राउत, सपना प्रधान मल्ल तथा बमकुमार श्रेष्ठ तथा तेजबहादुर के सी र मनोजकुमार शर्माको संयुक्त इजलास गठन गरेका छन् ।

यसमध्ये तेजबहादुर केसी र मनोजकुमार शर्माको इजलासमा बन्दी प्रत्यक्षीकरणको एउटा मुद्दा पनि राखिएको छ ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट