रावलको चर्को असन्तुष्टि – सुदूरपश्चिम प्रदेश कमिटी बैठक अवैध !-Sutra News

रावलको चर्को असन्तुष्टि – सुदूरपश्चिम प्रदेश कमिटी बैठक अवैध !

मंगलबार, २३ कार्तिक २०७८

मंगलबार, २३ कार्तिक २०७८

नेकपा एमालेका उपाध्यक्ष भीम रावल र अध्यक्ष केपी शर्मा ओलीबीच टसल बढेको छ । रावलले आज सामाजिक सञ्जाल ट्वीटरमा लेख्दै आज हुने भनिएको सुदूरपश्चिम प्रदेश कमिटीको बैठक अवैध रहेको टिप्पणी गरेका छन् ।



दश बुँदे सहमति र त्यसको कार्यान्वयनका लागि बाँडिएको अन्तरपार्टी निर्देशनविपरित बैठक बस्न लागेको भन्दै रावलले असन्तुष्टि जनाएका हुन् ।

असारको अन्तिम साता गरिएको दशबुँदे विपरित अध्यक्ष ओली हिँडेको भन्दै उनले बारम्बार नेतृत्वको आलोचना गर्दै आइरहेका छन् ।

आफूले सुदूरपश्चिमको इन्चार्ज पाउनुपर्ने दाबी गर्दै आइरहेका रावलले आफ्नो सहमतिविपरित गठन गरिएको प्रदेश कमिटीलाई अवैध बताएका हुन् ।

उनले लेखराज भट्टलाई सुदूरपश्चिमको इन्चार्ज मान्न अस्वीकार गरेका छन् ।

‘आज हुने भनिएको कथित सु.प. प्रदेश कमिटीको बैठक १० बुँदे सहमति र त्यसको कार्यान्वयनका लागि जारी अपानि १२ को विपरीत छ,’ रावलले ट्वीट गर्दै भनेका छन्, ‘यो गुबन्दीको नमूना हो । यो बैठक र यसका निर्णयहरू अवैध र अमान्य छन् । अपानि १२ झापामा लागु हुने, सु.प.मा लागु नहुने किन ? यहाँको भूमि वाह्य अतिक्रमणमा परेकोले हो कि ?’

उनले केही समयअगाडि दश बुँदे सहमति कार्यान्वयन गर्ने कार्यदलबाट राजीनामासमेत दिएका थिए । उनको राजीनामालाई अध्यक्ष ओलीले स्वाभाविक भनी टिप्पणी गरेका थिए ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट