‘छक्का पञ्जा ४’को ट्रेलरमा नअटाएका जितु नेपालले गरे फिल्म नखेल्ने घोषणा-Sutra News

‘छक्का पञ्जा ४’को ट्रेलरमा नअटाएका जितु नेपालले गरे फिल्म नखेल्ने घोषणा

मंगलबार, २३ कार्तिक २०७८

मंगलबार, २३ कार्तिक २०७८
jitu nepal

काठमाडौँ । चर्चित कलाकार जितु नेपालले अब आउन लागेको नयाँ फिल्म ‘छक्का पञ्जा ४’ मा आफू नखेल्ने संकेत गरेका छन् । सोमबार कमेडी रियालटी शो ‘मुन्द्रेको कमेडी क्लब’ बन्द भएको जानकारी दिन आयोजित कार्यक्रममा कलाकार नेपालले यस्तो बताएका हुन् ।



कार्यक्रममा उनले भने, ‘‘हिन्दी फिल्मका दर्शकसम्म पुगेको ‘छक्का पञ्जा ४’ को ट्रेलर म अटेको छैन । यस्तो बेला नअटेको म, सायद फिल्ममा पनि रहन्न होला ।’

महानायक विवाद भएका कारण दीपाश्री निरौला मुन्द्रेको कमेडी क्लबबाट बाहिरीएका कारण उनीहरुवीच सम्बन्ध बिग्रिएको बुझ्न सकिन्छ । दीपक राज गिरी र दीपाश्री निरौलाले बलिउड फिल्म ‘सूर्यवंशी’ हेर्न पुगेका दर्शकलाई ‘छक्का पञ्जा ४’ आउने जानकारी दिन एक ट्रेलर बनाएका छन् । त्यसमा जितु नेपाल देखिंदैनन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट