नेपाली बजारमा सुन- १५०० रुपैयाँले बढ्छ, दुई सय रुपैयाँले घट्छ-Sutra News

नेपाली बजारमा सुन- १५०० रुपैयाँले बढ्छ, दुई सय रुपैयाँले घट्छ

मंगलबार, २३ कार्तिक २०७८

मंगलबार, २३ कार्तिक २०७८
sun

साताको तेस्रो दिन मंगलबार नेपाली बजारमा सुनको मूल्यमा सामान्य गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार छापावाल सुन प्रतितोला ९२ हजार ५०० रुपैयाँ कायम भएकोमा मंगलबार दुई सय रुपैयाँले घटेर प्रतितोला ९२ हजार ३०० रुपैयाँ कायम भएको हो ।



मंगलबार छापावाल सुन प्रति १० ग्राम ७९ हजार १३५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ । त्यसैगरी, तेजाबी सुन प्रतितोला ९१ हजार ८०० रुपैयाँ कायम भएको छ । त्यस्तै, तेजाबी सुन प्रति १० ग्राम ७८ हजार ७०५ रुपैयाँ कायम भएको महसंघले जनाएको छ ।

मंगलबार चाँदीको मूल्य स्थिर भएको छ । मंगलबार चाँदीको मूल्य प्रतितोला एक हजार २५० रुपैयाँ कायम भएको छ । सोमबार पनि सोही मूल्य नै कायम भएको थियो । त्यस्तै, चाँदीको मूल्य प्रति १० ग्राम एक हजार ७१ रुपैयाँ ५० पैसा कायम भएको महसंघले जनाएको छ ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट