सरकारमा गृहमन्त्री पद पाएका खाँणले भने- जसरी पनि अबको सभापति देउवा नै हुनुपर्छ-Sutra News

सरकारमा गृहमन्त्री पद पाएका खाँणले भने- जसरी पनि अबको सभापति देउवा नै हुनुपर्छ

मंगलबार, २३ कार्तिक २०७८

मंगलबार, २३ कार्तिक २०७८
home minister

गृहमन्त्री बालकृष्ण खाँणले नेपाली कांग्रेसको १४औँ महाधिवेशनमा प्रधानमन्त्री शेरबहादुर देउवालाई नै पार्टीको सभापति बनाउनुपर्ने धारणा व्यक्त गरेका छन् ।



नेपाली कांग्रेस धनुषाले आयोजना गरेको शुभकामना आदानप्रदान तथा जिल्लास्तरीय कार्यकर्ता भेलामा गृहमन्त्री खाँणले सत्ता र पार्टी सञ्चालनका लागि प्रधानमन्त्री तथा पार्टी सभापति दुवै एकै व्यक्ति हुनुपर्ने बताए । प्रधानमन्त्री र पार्टी सभापति एकै जना भए सत्ता सञ्चालन गर्न सजिलो हुने र आन्तरिक किचलो समेत नहुने उनको भनाइ थियो ।

गृहमन्त्री खाँणले तराई मधेसमा रहेको नागरिकता समस्या सम्पूर्ण देशको समस्या भएको बताए । “यसलाई अध्यादेशबाट नभई ऐनमार्फत दीर्घकालीन रूपमा समाधान गर्न सरकारले तयारी गरिरहेको छ”, उनले भने । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले पटक पटक संसद् अवरुद्ध गर्दै आएकाले नागरिकता लगायतका अन्य आवश्यक विधेयक अड्किएको र संसद् सञ्चालन हुने बित्तिकै नागरिकता विधेयक नै आफूहरूले पारित गराएर समस्या समाधान गर्ने तयारीमा रहेको उनले बताए ।

सदनको गतिरोध हटाउन उहाँले एमालेसँग आग्रह गरे । गृहमन्त्री खाँणले सरकार आमजनताको जीवन रक्षाका लागि गम्भीर रहेको स्पष्ट पार्दै नेपाली जनताको सुरक्षा सरकारको पहिलो प्राथमिकतामा रहेको बताउनुभयो । सुरक्षा व्यवस्थामा थप सुधार गर्न तथा नागरिकको स्वतन्त्रतापूर्वक बाँच्न पाउनुपर्ने अधिकारको सुनिश्चितताका लागि सरकार प्रयत्नशील रहेको उल्लेख गरे ।

न्यायापालिका, कार्यपालिका र व्यवस्थापिका स्वतन्त्र रहेको र स्वतन्त्रतापूर्वक काम गरिरहेको भन्दै उहाँले न्यायापालिकामा देखिएको समस्यालाई छिटोभन्दा छिटो समाधान गर्नु आवश्यक भएको र सरकारको चाहना समेत त्यही भएको मन्त्री खाँणको भनाइ थियो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट