सीके राउतले किन गरे मुस्ताङ भ्रमण ?-Sutra News

सीके राउतले किन गरे मुस्ताङ भ्रमण ?

मंगलबार, २३ कार्तिक २०७८

मंगलबार, २३ कार्तिक २०७८
तस्वीर - राउतको ट्वीटरबाट

जनमत पार्टीका अध्यक्ष डा. सीके राउतले मुस्ताङ भ्रमण गरेका छन् । आज सामाजिक सञ्जाल ट्वीटरमा उनले मुस्ताङ भ्रमण गरेर जनकपुर फर्किएको जानकारी दिएका छन् ।



उनले लेखेका छन्, ‘शुभ-प्रभात ! यो जीवन र यसमा पाएका सम्पूर्ण कुराको लागि ईश्वरलाई धन्यवाद, चर-अचर सम्पूर्ण अस्तित्वलाई धन्यवाद, निकट आएका सम्पूर्ण प्राणीलाई धन्यवाद, सानिध्यता प्रदान गरेका समस्त मानवलाई धन्यवाद ! मुस्ताङ भ्रमणपश्चात् राति सकुशल जनकपुर फर्केको छु, सहयोग गर्नुहुने सबैमा धन्यवाद !’

यस अघि मधेशलाई छुट्टै देश बनाउने अभियान थालेका डा. राउत पछिल्लो समयमा जनमत पार्टीका नाममा गतिविधि गरिरहेका छन् । उनको सामरिक महत्त्व बोकेको मुस्ताङ भ्रमणलाई महत्त्वका साथ हेरिएको छ ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट