ताप्लेजुङ जिल्ला अस्पतालमा अक्सिजन उत्पादन र आइसीयु सेवा सुरु, योगेशले गरे उद्घाटन-Sutra News

ताप्लेजुङ जिल्ला अस्पतालमा अक्सिजन उत्पादन र आइसीयु सेवा सुरु, योगेशले गरे उद्घाटन

मंगलबार, २३ कार्तिक २०७८

मंगलबार, २३ कार्तिक २०७८
yogesh

ताप्लेजुङ जिल्ला अस्पतालमा अक्सिजन उत्पादन र सघन उपचार कक्ष सेवा सुरु भएको छ । पूर्व पर्यटनमन्त्री तथा सांसद योगेशकुमार भट्टराईले आज उद्घाटन गरेसँगै जिल्ला अस्पतालमा थप सेवा विस्तार भएको हो । विगतमा अन्य जिल्लाबाट अक्सिजन आयात गर्नुपर्ने समस्या हट्ने र सघन उपचार कक्ष बेड नभएर अन्य जिल्लामा बिरामी पठाउनुपर्ने समस्या समाधान हुँदै जाने भट्टराईले बताए ।



उनले भने, “स्वास्थ्य क्षेत्रमा प्रविधिले फड्को मारिरहेको समयमा एउटा जिल्ला अस्पतालमा अक्सिजन प्लान्ट र सघन उपचार कक्ष स्थापना गर्नु कुनै ठूलो कुरा होइन, तर ताप्लेजुङ जस्तो दुर्गम र हिमाली जिल्लाका नागरिकले गुणस्तरीय स्वास्थ्थ सेवा पाउनु भनेको ठूलो कुरा हो ।” जिल्ला अस्पतलाई गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्नसके पाथीभरा मन्दिरमा दर्शन गर्न आउने धार्मिक पर्यटक, विश्वको तेस्रो अग्लो कञ्चनजङ्घा हिमालमा भ्रमण गर्न तथा ताप्लेजुङको विभिन्न पर्यटकीयस्थलमा आउने पर्यटकरुलाई पनि सहज रुपमा सेवा दिनसकेमा पर्यटन प्रबर्द्धन थप टेवा पुग्ने भट्टराईले बताए ।

रु ७१ लाख ५० हजारको लागतमा अक्सिजन प्लान्ट जडान र पाँच करोडमा सघन उपचार कक्ष बेड स्थापना भएको जिल्ला अस्पतालका निमित्त मेडिकल सुुपरीटेण्डेन्ट डाक्टर सोनिङ लामाले बताए । अक्सिजन प्लान्ट जडान पूरा भएकोले अब यही प्लान्टमार्फत २४ घण्टामा ६०–६५ किलोग्रामको २० थान अक्सिजन सिलिण्डर बराबर अक्सिजन उत्पादन गर्न सकिने अस्पतालले जनाएको छ ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट