फेरिए प्रदेश १, कर्णाली र सुदूरपश्चिमका प्रदेश प्रमुख, कोको नियुक्त भए ?-Sutra News

फेरिए प्रदेश १, कर्णाली र सुदूरपश्चिमका प्रदेश प्रमुख, कोको नियुक्त भए ?

मंगलबार, २३ कार्तिक २०७८

मंगलबार, २३ कार्तिक २०७८

काठमाडौँ । नेपाल सरकारले प्रदेश १, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशको प्रदेश फेरेको छ ।



प्रदेश १ को प्रमुखमा परशुराम खापुङ, कर्णाली प्रदेशमा तिलक परियार र सुदूरपश्चिममा देवराज जोशीलाई नियुक्त गर्नका लागि राष्ट्रपतिसमक्ष सिफारिस गरेको छ ।  सोमबार बसेको मन्त्रिपरिषद् बैठकले यस्तो निर्णय गरेको हो ।

यसअघि प्रदेश १ मा केपी शर्मा ओली सरकारले नियुक्त गरेका सोमनाथ अधिकारी प्यासी प्रदेश प्रमुख रहेका​ थिए । त्यस्तै २०७४ माघ ३ मा तत्कालीन देउवा सरकारले प्रदेश १ को प्रदेश प्रमुखमा गोविन्दबहादुर तुम्बाहाङलाई नियुक्त गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट