नेपालको सुस्तामा भारतीयले हस्तक्षेप गरेको भन्दै माइतीघरमा नेकपाको प्रदर्शन [भिडियोसहित]-Sutra News

नेपालको सुस्तामा भारतीयले हस्तक्षेप गरेको भन्दै माइतीघरमा नेकपाको प्रदर्शन [भिडियोसहित]

मंगलबार, २३ कार्तिक २०७८

मंगलबार, २३ कार्तिक २०७८

नेपाल कम्युनिष्ट पार्टी निकट संयुक्त जनवर्गीय संगठनहरूले नेपाली सीमामा भारतीय हस्तक्षेपको विरोधमा प्रदर्शन गरेका छन् ।



भारतीय सुरक्षाकर्मीले नेपालको सुस्तामा हस्तक्षेप गरेको भन्दै मंगलबार काठमाडौंको माइतिघरमा बिरोध प्रदर्शन गरेको हो । प्रर्दशनमा सहभागीहरुले भारतीय हस्तक्षेप मुर्दावाद, वैज्ञानिक समाजवाद जिन्दावाद , जनमत संग्रहको घोषणा गर लगाएतका प्लेकार्ड सहित नारावाजी गरेका थिए ।

सुस्ता क्षेत्रमा भारतीय सुरक्षाफौज (एसएसबी) तैनाथ गरिएको र उनीहरुले ड्रोन उडाउन नेपाल प्रवेश गरेको भन्दै आपत्ती जनाएका छन् ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट