थप ५३३ जनामा कोरोना संक्रमण पुष्टि, एकको मृत्यु-Sutra News

थप ५३३ जनामा कोरोना संक्रमण पुष्टि, एकको मृत्यु

मंगलबार, २३ कार्तिक २०७८

मंगलबार, २३ कार्तिक २०७८

नेपालमा मंगलबार थप ५ सय ३३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।



देशभर गरिएको १४ हजार ९ सय १८ पिसिआर परिक्षणका क्रममा ४ सय ४३ जना र १ हजार ८ सय १८ एन्टीजेन परिक्षणका क्रममा ९० जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

योसंगै नेपालमा कोरोना संक्रमितको संख्या ९ लाख १० हजार २ सय ९८ पुगेको छ । त्यस्तै कोरोनाका कारण थप १ जनाको मृत्यु भएको छ ।

हालसम्म नेपालमा ११ हजार ४ सय ५४ जनाको कोरोनाका कारण मृत्यु भएको छ । त्यस्तै थप ४ सय ८४ संक्रमित निको हुँदा हालसम्म नेपालमा ७ लाख ९६ हजार ३ सय ६ जना निको भएका छन् ।

हाल नेपालमा ७ हजार ६ सय १२ सक्रिय संक्रमित आइशोलेशन र १ सय १० जना क्वारेन्टाइनमा रहेको मन्त्रालयले जनाएको छ ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट