सत्तारुढ गठबन्धन नास्पाती र सुन्तलाको कलमी जस्तै : नेता भट्टराई-Sutra News

सत्तारुढ गठबन्धन नास्पाती र सुन्तलाको कलमी जस्तै : नेता भट्टराई

मंगलबार, २३ कार्तिक २०७८

मंगलबार, २३ कार्तिक २०७८

नेकपा एमालेका सचिव तथा प्रतिनिधिसभाका सांसद योगेशकुमार भट्टराईले सत्तारुढ गठबन्धनलाई नास्पाती र सुन्तलाको कलमीको संज्ञा दिएका छन् । उनले सत्तारुढ दलले बनाएको राजनीतिक संयन्त्र प्रधानमन्त्रीलाई छायामा पार्न, अधिकार कटौती गर्न र सरकारका प्रत्येक काममा दलीय हस्तक्षेप बढाउने मनसायका साथ गठन गरिएको समेत आरोप लगाएका छन् ।



गृह जिल्ला ताप्लेजुङमा मंगलबार आयोजित पत्रकार भेटघाट कार्यक्रममा पूर्व पर्यटनमन्त्री समेत रहेका उनले भने, ‘न नास्पातीमा सुन्तलाको कलमी हुन्छ न सुन्तलामा नास्पातीको ।’उनले सत्तारुढ गठबन्धन लामो समयसम्म टिक्न नसक्नेसमेत बताए ।

केही गम्भीर मुद्दाका कारण यो गठबन्धन सरकार आगामी निर्वाचनसम्म जान नसक्ने उनको ठोकुवा थियो । सत्तारुढ गठबन्धनले बनाएको राजनीतिक संयन्त्र हरेक काममा पार्टीका भागबन्डा मिलाउने उद्देश्य अनुरूप गठन भएकोले यस्ता गतिविधिले सरकार चल्नै नसक्ने उनले बताए ।

सत्तारुढ गठबन्धन केवल एमालेको विरोधका लागि मात्रै गठन भएको समेत उनले बताए । गठबन्धनको धरातल कमजोर र उद्देश्य अपविपत्र भएकोले यसको आयु समेत लामो नभएको उनको जिकिर थियो । उनले न्यायालय भित्रको विवाद संवैधानिक परिषद्मार्फत समाधान गर्नुपर्नेमा जोड दिए ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट