जनकपुरबाट काठमाडौं आइरहेको बसलाई ट्रकले ठक्कर दिँदा २ को मृत्यु-Sutra News

जनकपुरबाट काठमाडौं आइरहेको बसलाई ट्रकले ठक्कर दिँदा २ को मृत्यु

बुधबार, २४ कार्तिक २०७८

बुधबार, २४ कार्तिक २०७८

ट्रक र बस एक आपसमा ठोकिँदा मकवानपुरमा दुई जनाको घटनास्थलमा नै मृत्यु भएको छ।



जनकपुरबाट काठमाडौँतर्फ आइरहेको ना७ख ८७६ नम्बरको रात्रि बसलाई विपरीत दिशाबाट आइरहेको प्रदेश–२–०३०१ख ५०३५ नम्बरको ट्रकले गए राति हेटौँडास्थित नवलपुरमा ठक्कर दिँदा बसका दुई यात्रुको घटनास्थलमै मृत्यु भएको हो।

मृतक यात्रुको सनाखत भइनसकेको र अनुसन्धान जारी रहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता जयश्वर रिमालले जानकारी दिए। उनले बसका घाइते १५ यात्रु र ट्रकको चालकको हेटौँडास्थित चुरेहिल र सहकारी अस्पतालमा उपचार भइरहेको बताए।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट