सुनको मूल्य तोलामा चार सयले बढ्यो, चाँदीको स्थिर-Sutra News

सुनको मूल्य तोलामा चार सयले बढ्यो, चाँदीको स्थिर

बुधबार, २४ कार्तिक २०७८

बुधबार, २४ कार्तिक २०७८
sun

साताको चौथो दिन बुधबार नेपाली बजारमा सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार छापावाल सुन प्रतितोला ९२ हजार ३०० रुपैयाँ कायम भएकोमा  बुधबार चार सय रुपैयाँले बढेर प्रतितोला ९२ हजार ७०० रुपैयाँ कायम भएको हो ।



बुधबार छापावाल सुन प्रति १० ग्राम ७९ हजार ४४५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ । त्यसैगरी, तेजाबी सुन प्रतितोला ९२ हजार २०० रुपैयाँ कायम भएको छ । त्यस्तै, तेजाबी सुन प्रति १० ग्राम ७९ हजार ४५ रुपैयाँ कायम भएको महसंघले जनाएको छ ।

बुधबार चाँदीको मूल्य स्थिर भएको छ । आज चाँदीको मूल्य प्रतितोला एक हजार २५० रुपैयाँ कायम भएको छ । मंगलबार पनि सोहि मूल्य नै कायम भएको थियो । त्यस्तै, चाँदीको मूल्य प्रति १० ग्राम एक हजार २५० पैसा कायम भएको महसंघले जनाएको छ ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट