काठमाडौँ । नेपाली काँग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाले पूर्वराजा ज्ञानेन्द्र शाहलाई शासन गर्ने भए चुनाव लड्न चुनौती दिएका छन् । बुधबार काठमाडौँमा आयोजना गरिएको एक कार्यक्रममा बोल्दै नेता देउवाले यस्तो चुनौती दिएका हुन् ।
उनी पूर्वराजा ज्ञानेन्द्रप्रति आक्रोशित हुँदै उनले दशैंमा सार्वजनिक गरेका अभिव्यक्तिप्रति आपत्तिसमेत जनाएका छन् । पूर्वराजाले दसैँका बेला राजा र जनता मिलेरमात्र नेपालमा प्रजातन्त्र जोगिने बताएका थिए ।
कार्यक्रममा बोल्दै उनले भने, ‘अहिले धेरै राम्रो संविधान छ । समावेशी–समानुपातिक संविधा नछ । सबैलाई समेटिएको छ । सबैको अधिकार छ । केही समस्या छन् भने प्रजातान्त्रिक रुपमा हल गर्नुपर्छ ।’
उनले जनताभन्दा ठूलो अर्को कोही मालिक नै नभएको पनि बताए ।