टाइप-सी पोर्ट भएको पहिलो आईफोनको मूल्य एक करोड १८ लाख !-Sutra News

टाइप-सी पोर्ट भएको पहिलो आईफोनको मूल्य एक करोड १८ लाख !

बुधबार, २४ कार्तिक २०७८

बुधबार, २४ कार्तिक २०७८

स्विजरल्याण्डका एक रोबोटिक्स विद्यार्थी केन पिलोनेलले लाइटनिङ कनेक्टरमार्फत प्रयोग गरेको ‘आईफोन एक्स’ किन्न चाहने इच्छुकको संख्या बढेको छ ।



गत महिना उनले यूएसबी-सी चार्जर सेट गरेर आईफोन एक्स चलाएको भिडिओ सार्वजनिक गरेका थिए । सो भिडिओमा व्यापक प्रतिक्रिया आएपछि उनले गत हप्ता ईबेमा सो आईफोन लिलामीमा राखेका थिए ।

विश्वकै पहिलो टाईप-सी युक्त स्मार्टफोन भन्दै बिक्रीमा राखिएको उक्त आईफोन तपाईंले पनि खरिद गर्न सक्नुहुनेछ ।

यो समाचार तयार पार्दासम्म यसको लिलाम मूल्य एक लाख एक सय अमेरिकी डलर अर्थात एक करोड १८ लाख रुपैयाँभन्दा बढी पुगिसकेको छ ।

अझै तीन दिन बाँकी रहेकाले थप मूल्य तिर्न मानिसहरु आउने अनुमान गरिएको छ । हालसम्म १५० जनाले किन्न चाहेको भन्दै बोलकबोलमा सहभागी भएका छन् ।

आईफोन एक्समा टाइप-सी चार्जर राखेर बिक्रीमा राखिएको उक्त फोनमा ६४ जीबी रोम रहेको छ । कालो रङको सो फोनको बक्स उपलब्ध भएता पनि त्यसमा अन्य एक्सेसरिज भने कुनै उपलब्ध छैन । टेकपाना

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट