नेतृत्वप्रति आक्रोशित सिंह, भने- देउवा र प्रचण्डले बनाएको राजनीतिक समन्वय समितिको कुनै औचित्य छैन-Sutra News

नेतृत्वप्रति आक्रोशित सिंह, भने- देउवा र प्रचण्डले बनाएको राजनीतिक समन्वय समितिको कुनै औचित्य छैन

बुधबार, २४ कार्तिक २०७८

बुधबार, २४ कार्तिक २०७८
prakash man singh

नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले गठबन्धनले बनाएको राजनीतिक समन्वय समितिको कुनै औचित्य नभएको बताएका छन् ।



गणेशमान सिंहको १०७ औं जन्मजयन्तीका बुधबार आयोजित माल्यार्पण कार्यक्रममा नेता सिंहले सरकारलाई नियन्त्रण गर्ने र सरकार भन्दा माथि जस्तो देखिने समितिको कुनै औचित्य र आवश्यकता नरहेको बताएका हुन् । उनले अहिले सरकारमा सत्ता गठबन्धनका दलहरु सहभागी भएपनि राज्यसत्ता सरकारले चलाउने उल्लेख गरे । त्यस्तै उनले न्यायलयमा देखिएको गतिरोधका कारण सर्वसाधारणहरु मर्कामा परेको भन्दै गतिरोध अन्त्यका लागि सरकारले पहल गर्नुपर्ने बताए ।

नेता सिंहले बर्तमान परिस्थीतिमा अर्लिइलेक्शनको कुनै सम्भावना नभएको भन्दै संबिधान अनुसार नै तोकिएको समयमा निर्वाचन हुनुपर्ने धारणा राख्नुभयो । उहाले आगामी निर्वाचनमा काँग्रेस एक्लै जनतामा जानुपर्ने पनि बताए ।

नेता सिंहले प्रजातन्त्र प्राप्तीको लागी गणेशमान सिंहले गरेको योगदानको चचाए गर्नुभएको थियो । नेता सिंहले गणेशमान सिंह जन्मजयन्तीको अबसरमा शोभाभगवतीमा रहेको उनको शालिकमा माल्याअर्पण गरेका थिए ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट