तारा एयरको विमानमा चरा ठोक्किंदा यसरी गएको थियो १९ यात्रुको ज्यान-Sutra News

तारा एयरको विमानमा चरा ठोक्किंदा यसरी गएको थियो १९ यात्रुको ज्यान

बुधबार, २४ कार्तिक २०७८

बुधबार, २४ कार्तिक २०७८

काठमाडौँ विमानस्थल नजिकै सीता एयरको एउटा डोर्नियर विमान दुर्घटना हुँदा त्यसमा रहेका १९ जनाको मृत्यु भएको थियो ।



चालक दलका तीन सदस्यसहित सात नेपाली, सात बेलायती र पाँच चिनियाँ नागरिकको ज्यान जाने दुर्घटनाको कारण भने अरु नभएर एउटा चरा थियो । बिहान ६ बजेर १७ मिनेटमा प्लेन उडेको थियो। उड्ने बित्तिकै चरासँग ठोक्कियो। त्यसपछि आपतकालीन अवतरण गर्न फर्कँदै गर्दा रनवे नजिकैको मनोहरा खोला किनारको बगरमा क्रायस ल्यान्ड भयो। टेकअफ गरेको र क्रायस ल्यान्ड गरेको समयमा एक मिनेटको मात्र अन्तर थियो।

क्रायस ल्यान्ड गरेको केही समयपछि प्लेनमा झन् ठूलो दनदनी आगो लाग्यो।उद्धारकर्मीहरुले आगो निभाएर जलेका लाश मात्रै निकाल्न भ्याए ।

चरासँग ठोक्किएर मान्छे मर्ने गरी दुर्घटना विश्वमा नै निकै कम हुने गर्छ। दुर्भाग्यवश हामी कहाँ आज यस्तो दुर्घटना भयो। तर धन्य मान्नुपर्छ, प्लेन बस्तीमा गएर खसेन ।

दुर्घटना भएको ठाउँको दुई तिर घनाबस्ती छन्। झण्डै सात सय घर छन्। त्यहाँ प्लेन खसेको भए अझ धेरै मान्छे मर्न सक्थेयही चरा ठोक्किएको थियो प्लेनमा ।

पत्रकार सम्मेलन गरी चरा सार्वजनिक गरिएको थियो। उडे लगत्तै नै प्लेन ढलमल भएको थियो, यसबारे टावरले सोध्दा क्याप्टेनले चरासँग ठोक्कियो भनेका थिए। त्यसको एक मिनेट मै प्लेन बायाँतिर ढल्किएर बगरमा खसेको थियो। खसेको केही समयपछि मात्रै दनदनी आगो लागेको थियो। सब कुरा यति छिटो भयो होला कि कसैले केही गर्नै सकेनन्। गर्ने सोच्नै भ्याएनन् ।

नत्र त प्लेनको इमर्जेन्सी ढोका खोलेर बाहिरिन्थे कि। भर्खर उडेको भएर सिट बेल्ट पनि फुकाल्न भ्याएका थिएनन् कि।प्रत्यक्षदर्शीहरुले यात्रुहरु चिच्याइरहेको, कराइरहेको देखेको भनेका छन्। त्यसको केही समयपछि मात्रै पड्किएर ठूलो आगो लागेको उनीहरुको भनाई छ। ठूलो आगो नलाग्दै आपतकालीन ढोका खोलेर निस्कन भ्याएको भए पो केही मान्छे बच्थे कि।

घटनास्थलमा प्लेन जोतिएको पनि छैन। अग्नि एयरको प्लेन शिखरापुरमा दुर्घटना हुँदा जमिनमा जोतिएर ठूलो खाल्डो परेको थियो। यो बगरमा भने त्यस्तो खाल्डो देखिन्न। प्लेन अडिएको छ र जलेर नष्ट भएको छ। फोटोहरुमा प्लेनको भग्नावशेष ढल्किएको देखिए पनि लाशहरु निकाल्ने क्रममा त्यसो भएको रहेछ।

जोमसोममा भएको दुर्घटनामा अग्नि एयरको प्लेन टुक्रा भएको थियो। त्यहाँ केही यात्रु जीवित भए। यहाँ भने प्लेन टुक्रा पनि भएको थिएन। आगोले जलेर नै सबैको मृत्यु भएको देखिन्छ। एक वर्षअघि असोज महिना मै ललितपुरमा भएको बुद्ध एयरको विमान दुर्घटनामा एक यात्रुलाई अस्पतालसम्म पुर्‍याउन भ्याइएको थियो। उनी बाँच्न चाहिँ बाँचेनन्। यहाँ भने दुःखलाग्दो ढंगले १९ जनाकै प्लेनभित्रै जलेर मृत्यु भयो।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट