देउवालाई कमल थापाको जवाफ : राजालाई गाली गरेर अब शासन चल्दैन-Sutra News

देउवालाई कमल थापाको जवाफ : राजालाई गाली गरेर अब शासन चल्दैन

बुधबार, २४ कार्तिक २०७८

बुधबार, २४ कार्तिक २०७८
फाइल फोटो

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) अध्यक्ष कमल थापाले राजालाई गाली गरेर अब शासन नचल्ने बताएका छन् ।



प्रधानमन्त्री शेरबहादुर देउवाले गणतन्त्र राजा ज्ञानेन्द्रकै कारण आएको र प्रजातन्त्रविरुद्ध लाग्नुभन्दा चुनाव लडेर राजनीति गर्न ज्ञानेन्द्रलाई सुझाएका बेला यो अभिव्यक्तिमा थापाले जवाफ दिएका हुन् ।

थापाले राजाविरुद्ध आक्रोश होइन सुशासन दिन देउवालाई आग्रह गरेका छन् ।

‘न्यायालय हडतालमा छ, संसद अवरुद्ध छ, सरकार भ्रष्टाचार/सर्वसत्तावादमा लिप्त छ, धर्मपरिवर्तन व्यापक भएको छ, रोजगारीको खोजीमा ४० लाख युवा विदेश पलायन भएका छन् । संघीय गणतन्त्र असफल भैसक्यो,’ उनले भनेका छन्, ‘राजालाई गाली गरेर राज गर्ने जमाना अब छैन ।’

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट