फेरि बढ्यो डिजेल र पेट्रोलको मूल्य, कति पुग्यो ?-Sutra News

फेरि बढ्यो डिजेल र पेट्रोलको मूल्य, कति पुग्यो ?

बुधबार, २४ कार्तिक २०७८

बुधबार, २४ कार्तिक २०७८

नेपाल आयल निगमले फेरि डिजेल पेट्रोल र मट्टितेलको मूल्य बढाएको छ । निगमले पेट्रोलियम पदार्थको मूल्य प्रतिलिटर तीन रुपैयाँ बढाएको हो ।
यससँगै पेट्रोलको मूल्य प्रतिलिटर १३६, मट्टितेल र डिजेलको भाउ ११९ रुपैयाँ पुगेको छ ।



बढेको मूल्य आज मध्यरातदेखि लागि हुनेछ । यसअघि निगमले गत कात्तिक १२ गते पनि डिजेल, पेट्रोल र मट्टितेलको मूल्य बढाएको थियो ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट