जबराले राजीनामा नदिए संयुक्त राष्ट्रसंघमा गएर काला कर्तुत सार्वजनिक गरिदिने बारको धम्की-Sutra News

जबराले राजीनामा नदिए संयुक्त राष्ट्रसंघमा गएर काला कर्तुत सार्वजनिक गरिदिने बारको धम्की

शुक्रबार, २६ कार्तिक २०७८

शुक्रबार, २६ कार्तिक २०७८

सर्वोच्च अदालतका प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको राजीनामा माग्दै नेपाल बार एसोसियसनका वकिलहरूले अदालतको मूल गेट कब्जा गरेका छन् ।



बारको आह्वानमा आज गरिएको आन्दोलनका क्रममा वकिलहरूले जबरालाई अदालत छिर्न नदिने रणनीति बनाएका थिए ।

यसैक्रममा भएको झडपमा ५ जना वकिलसमेत प्रहरीको गिरफ्तारीमा परेका छन् ।

बारका पदाधिकारीहरूले जबराले राजीनामा नदिएको अवस्थामा संयुक्त राष्ट्रसंघमै पुगेर उनका कर्तुतहरू सार्वजनिक गरिदिने धम्कीसमेत दिएका छन् ।

‘यदि न्यायालयलाई प्रदुषित बनाउने प्रधानन्यायाधीश जबराले राजीनामा दिएनन् भने हामी संयुक्त राष्ट्रसंघमै पुगेर उनका कर्तुतहरू सार्वजनिक गरिदिन्छौं,’ बारका एक पदाधिकारीले भने ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट