‘चोर बाटो’हुँदै सर्वोच्च छिरे जबरा-Sutra News

‘चोर बाटो’हुँदै सर्वोच्च छिरे जबरा

शुक्रबार, २६ कार्तिक २०७८

शुक्रबार, २६ कार्तिक २०७८

सर्वोच्च अदालतका प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा मूलगेटबाट नभई वैकल्पिक गेटबाट अदालत छिरेका छन् ।



उनको राजीनामा माग्दै नेपाल बार एसोसियसनले अदालको मूलगेट ‘कब्जा’ गरेको थियो ।

अदालतमा झडपसमेत भएको थियो । झडप भएपछि सुरक्षा व्यवस्था कडा पारिएको थियो ।

तर जबरा भने वैकल्पिक बाटोबाट अदालत छिरेका हुन् । उनी १० बजेर ५० मिनेटमा वैकल्पिक बाटोबाट अदालत छिरेका हुन् ।

उनी सिंहदरबारतिरबाट महान्यायाधिवक्ता कार्यालय रहेको गेटबाट प्रवेश गरेका हुन् ।

अदालतको मूलगेटमा धर्ना दिएका वकिलहरूले भने जबरा चोर बाटोबाट अदालत छिरेको भन्दै आपत्ति जनाएका छन् ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट