अदालतबाट गृहमन्त्री खाँणलाई फोन – आधा घण्टाभित्र प्रहरी नहटाए राम्रो हुँदैन-Sutra News

अदालतबाट गृहमन्त्री खाँणलाई फोन – आधा घण्टाभित्र प्रहरी नहटाए राम्रो हुँदैन

शुक्रबार, २६ कार्तिक २०७८

शुक्रबार, २६ कार्तिक २०७८

सर्वोच्च अदालत परिसरमा धर्ना दिएका वकिलहरूमध्ये वरिष्ठ अधिवक्ता बद्रीबहादुर कार्कीले गृहमन्त्री बालकृष्ण खाणलाई फोन गरेर आधा घण्टाभित्र प्रहरी हटाउन चेतावनी दिएका छन् ।



प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरालाई अदालतमा छिर्न नदिने भन्दै बार एसोसियसनको आह्वानमा वकिलहरूले मूल गेटमा आज धर्ना दिएका थिए ।

‘वकिलहरूका कारण सर्वोच्च अदालत असुरक्षित हुँदैन,’ कार्कीले खाणलाई फोन गर्दै भने, ‘आधा घण्टाभित्र सुरक्षाकर्मी हटाउनुस्, नत्र राम्रो हुँदैन ।’

आजको धर्नामा झडपसमेत भएको थियो । झडपपछि ५ जनालाई प्रहरीले गिरफ्तार गरेको छ भने व्यापक मात्रामा सुरक्षाकर्मी परिचालन गरिएको छ ।

जबरा भने महान्यायाधिवक्ता कार्यालयतिरको वैकल्पिक बाटोबाट सर्वोच्च अदालत छिरिसकेका छन् ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट