प्रधानन्यायाधीश चोलेन्द्रको पक्षमा आन्दोलन गर्ने ६ जना पक्राउ-Sutra News

प्रधानन्यायाधीश चोलेन्द्रको पक्षमा आन्दोलन गर्ने ६ जना पक्राउ

शुक्रबार, २६ कार्तिक २०७८

शुक्रबार, २६ कार्तिक २०७८

प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको पक्ष र विपक्षमा प्रदर्शन भइरहेका छन् । कार्यपालिकासँग राजनीतिमा भागबण्डा खोजेकोलगायतका आरोप लगाएर जबराको राजीनामा माग्दै नेपाल बार एसोसिएसनले आन्दोलन जारी राखेको छ ।



शुक्रबार प्रधानन्यायाधीश जबरालाई कार्यालय प्रवेशमा रोक लगाउने गरी बार धर्नामा बसेको छ । सोही समयमा कानुन शासन विरुद्ध हुने गरी बार आन्दोलनमा उत्रिएको भन्दै जबराको पक्षमा पनि केही कानुन व्यवसायी र केही व्यक्ति प्रदर्शनमा उत्रिएको छ ।

शुक्रबार जबराको पक्षमा प्रदर्शनमा उत्रिएका छ जनालाई सर्वाेच्च अदालत अगाडिबाट प्रहरीले नियन्त्रणमा लिएको छ । तारा बराल समूहका छ जनालाई नियन्त्रणमा लिएर महेन्द्र पुलिस क्लबमा राखिएको एसपी रमेश कुमार बस्नेतले जानकारी दिए ।

उनका अनुसार पक्राउ पर्नेमा पाँच जना महिला र एक पुरुष छन् ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट