आफूलाई सिध्याउन प्रतिक्रियावादीले षड्यन्त्र गरेको प्रचण्डको खुलासा-Sutra News

आफूलाई सिध्याउन प्रतिक्रियावादीले षड्यन्त्र गरेको प्रचण्डको खुलासा

शुक्रबार, २६ कार्तिक २०७८

शुक्रबार, २६ कार्तिक २०७८

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफूलाई सिध्याउने प्रतिक्रियावादीको षड्यन्त्र रहेको बताएका छन् ।



नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाका कार्यकर्तालाई माओवादी केन्द्र प्रवेश गराउने कार्यक्रममा बोल्दै उनले प्रचण्डलाई नसिध्याएसम्म पार लाग्दैन भन्दै केही प्रतिक्रियावादी आन्दोलनका उपलब्धी उल्ट्याउने षड्यन्त्रमा रहेको बताएका हुन् ।

पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बोल्दै उनले भने, ‘अहिले प्रचण्डलाई नसिध्याएसम्म पार लाग्ने रहेनछ भनेर प्रतिक्रियावादीहरुबाट घेराबन्दी भइरहेको छ । प्रतिक्रान्तिकारी दलालहरु अहिले पनि आन्दोलनका उपलब्धि उल्टाउने षडयन्त्रमा छन् । माओवादी आन्दोलन र प्रचण्डलाई नसिध्याएसम्म हुँदो रहेनछ भन्ने देखियो नि ! किरणको पार्टी बन्यो, विप्लवको बन्यो । तर, क्रान्ति सजिलो कुरा होइन । लहड चल्दैमा क्रान्ति हुँदैन ।’

उनले क्रान्ति आफैंमा महान काम रहेको बताए । समाज विकासको नियमजस्तै क्रान्तिको पनि नियम रहेको उनको भनाइ थियो ।

‘नेपालमा पनि हामीले धेरै ठूलो जनसंघर्षको संश्लेषण गर्यौं । नेपाली समाजको अध्ययन गर्यौं । राष्ट्रिय एकताको सूध निकालियो, जनयुद्ध गरेको हो । यो त्यति सजिलै भएको होईन् । वैज्ञानिक निश्कर्षसहित सबे प्रतिभालाई केन्द्रित गर्दै अघि बढाईएको विद्रोह थियो ।’

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट