झापामा मोटरसाइकल दुर्घटना, २४ वर्षीय युवकको मृत्यु-Sutra News

झापामा मोटरसाइकल दुर्घटना, २४ वर्षीय युवकको मृत्यु

शुक्रबार, २६ कार्तिक २०७८

शुक्रबार, २६ कार्तिक २०७८

पूर्वपश्चिम राजमार्गअन्तर्गत झापाको कमल गाउँपालिका–५ स्थित लभडाँडा सडकखण्डमा भएको मोटरसाइकल दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ । मृत्यु हुनेमा कमल–५ का २४ वर्षीय डिल्लीराम शाही छन् ।



बिहीबार अपराह्न भएको दुर्घटनाका घाइते मोटरसाइकल चालक शाहीको उपचारका क्रममा आज बिहान मृत्यु भएको इलाका प्रहरी कार्यालय दमकले जनाएको छ ।

प्रहरीका अनुसार पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको प्र१–०२–०४१प २००० नंको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा शाहीको टाउकामा चोट लागेको र उपचारका क्रममा मृत्यु भएको हो । सो दुर्घटनामा पछाडि सवार घाइते इटहरी–२० का २५ वर्षीय रुपम तामाङको भने उपचार भइरहेको प्रहरीले जनाएको छ ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट