यी दश बानी छोड्न सक्नुहुन्न भने तपाईंले गाडी चलाउन व्यर्थ छ-Sutra News

यी दश बानी छोड्न सक्नुहुन्न भने तपाईंले गाडी चलाउन व्यर्थ छ

शुक्रबार, २६ कार्तिक २०७८

शुक्रबार, २६ कार्तिक २०७८

बाटोमा कार चलाउनु सीप मात्र नभई एक कला हो । कार चलाउँदा आफ्नो सवारी साधनको साथै बाटोमा गुढ्ने अन्य साधानसहित बाटोमा हिड्ने सबैको सुरक्षामा ध्यान दिइरहनु आवश्यक हुन्छ ।



कतिपय चालकहरुले आफुले याद नगरिकनै पनि बाटोमा गाडी चलाउँदा थुप्रै साना ठूला दुर्घटना हुने गरेको पाइन्छ । यस्ता सामान्य गल्तीले ठूलो धनजनको क्षती हुने गर्छ । त्यसैले चालकमा रहेका सामान्य लाग्ने कही कमजोरी सुधार गर्नु पर्ने भएको देखिन्छ ।

१. टेलगेटिङ

हाइवेमा वा स्पीडमा गाडी चलाएर यात्रा गर्दा कतिपय चालकले अगाडिको गाडीसँगै जोडेर गाडी चलाउने गरेको देखिन्छ । यस्तो बानी छ भने तुरुन्त त्याग्नु पर्छ । किनकी अगाडिको गाडी आफ्नो बाटोको अवस्था अनुसार हिड्ने हुँदा स्पीड घटाउने र बढाउने गरिरहेको हुन्छ । यस्तोमा अगाडिको गाडी अचानक रोकिदा आफ्नो गाडी ठोकिने खतरा रहन्छ । त्यसैले विशेषत हावेमा वा स्पीडमा गाडी चलाउँदा स्पीड अनुसार अगाडिको गाडिसँग दुरी कायम गर्नु पर्छ । पूर्णतया सुरक्षित गाडी चलाउने हो भने हाइवेमा अगाडिको गाडीसँग ४ वटा गाडीको दुरी सधैँ कायम राख्नु पर्छ ।

२. दुई लेनको वीचमा गाडी चलाउने

प्रायः हाइवेमा गाडी चलाउँदा धेरै चालकले सडकको बीचमा गाडी चलाउने गरेको देखिन्छ । हाइवेका वाटामा कोरियएका लेनको बेवास्था गरेर बीचबाट गाडी चलाउँदा सधै दुर्घटनाको खतरा रहन्छ । त्यसैले हाइवेलाई छुट्याउन कोरियका यस्ता लाइनहरुको सहारामा गाडी चलाउने बानी बसाउनु पर्छ । दुई लेनको बीचमा सवारी साधन चलाउँदा विपरीत दिशावाट आएको सवारीसँग ठोक्किएर गम्भीर दुर्घटना हुन सक्छ ।

३. जेब्रा क्रसमा रोक्ने

बटोको वारपार कोरियका जेब्रा क्रस पैदल यात्रुको लागि हो । जेब्रा क्रसिङ अगाडि नै एउटा मोटो लाइन कोरियको हुन्छ । पहेँले लाइटमा पेलेर जाने बानी छ भने छाड्नु पर्छ । पहेँलो लाइट बल्नु अघि मोटो लाइन क्रस भएको छैन भने रोकेर बस्नु पर्छ । यसरी जबर्जस्ती जानखोज्दा जेब्रा क्रसमा गाडी रोकियो भने सडक पार गर्ने पैदल यात्रुलाई हिड्ने बाटोनै हुँदैन । त्यसैले जेब्रा क्रसिङमा सहि तरिकाले गाडी रोक्ने बानी बसाल्नु पर्छ ।

४. अनावश्यक हर्न बजाउने

धेरै जसो चालकले गाडी चलाउदा स्टेरिङमा रहेको हर्नको सुइजमा औला राखेर चलाउने बानी हुन्छ । जसको कारण अनावश्यक समयमा पनि हर्न बजिरहेको हुन्छ । हर्न भनेको एकदमै अत्यावश्यक समयमा मात्र बजाउने बानी बसाल्नु पर्छ ।

विकशित देशमा हर्न बज्नु भनेको ठूलो वेइजतको रुपमा लिने गरिन्छ । अनावश्यक हर्न बजाउदा ध्वनी प्रदुषण बढ्ने भएकोले सकेसम्म हर्न बजाउनु हुँदैन । अझ हस्पिटल, विद्यालय जस्ता सम्वेदनशिल क्षेत्रलाइ त हर्न निशेधित क्षेत्र नै बनाइएको हुन्छ ।

५. सहरी क्षेत्रमा हाईबीममा गाडी चलाउने

हाईबीममा गाडी चलाउने भनेको हाइवेमा विपरित दिशाबाट गाडी नआउदा मात्र बाल्ने हो । कतिपय चालकले जानेर वा नजानेर सधैँ हाईबीममा गाडी चलाउने गरेका हुन्छन् । जुन एकदमै नराम्रो हो । यस्तो बानीका कारण विपरित दिशाबाट आइरहेको सवारी चालकले बाटो वा अन्य वस्तु देख्न सक्दैन । फलत दुर्घटना हुन्छ । त्यसैले सधैँ सहरी क्षेत्रमा सवारी साधन चलाउँदा लोबीममा गाडी चलाउनु पर्छ ।

६. हेडलाइट परिवर्तन गर्नु

धेरै जसो कम्पनीको टपस्पेक मोडलमा एलइडी वा एचआइडी हेडलाइट सेटअप दिएको हुन्छ । तर, इन्ट्री मोडलको गाडी किनेर टप स्पेकको जस्तै देखाउन हो वा आफैले महसुस गर्नका लागि कतिपय चालकले वाहिरी बजारबाट बल्बहरु पmेर्ने गरेको देखिन्छ । यसरी पूरा हाउजीङ परिवर्तन नगरि वल्बमात्र बजारबाट परिवर्तन गर्दा हेडलाइटले राम्रो काम नगर्न पनि सक्छ । अगाडिबाट आउने सवारी चालकको आखाँनै विजाउने लाइटले गर्दा दुर्घटना समेत भएका घटनाहरु छन् ।

७. सहरी क्षेत्रमा थप लाइट बाल्ने

आफ्नो गाडीलाई राम्रो देखाउन वा अफरोडमा सवारीमा जडित हेडलाइटले पूरा बाटो नदेखिनाले सवारी साधनहरुको छतमा समेत थप लाइटहरु जडान गरेको हुन्छ । यस्तो लाइटले सवारी चालकलाई त सहज होला तर विपरीत दिशाबाट आउने सवारी चालकलाई भने ठूलो समस्या हुन्छ । त्यसैले यदि तपाईको सवारी साधनमा समेत यस्ता लाइटहरु जडान छन् भने सहरी क्षेत्रमा सधै बन्द गर्नु पर्छ ।

८. इमेर्जेन्सी सवारीलाई बाटो नछोड्ने

कानुनी रुपमा अधिकार प्राप्त सवारी साधनहरुमा साइरन तथा इमेर्जेन्सी लाइट जडान भएका हुन्छन् । एम्बुलेन्स, दमकल तथा सुरक्षा निकायका सवारी साधनहरुमा यस्तो लाइट रहेको हुन्छ । बाटोमा सवारी साधन चलाउँदा अन्य चालकहरुले यस्ता सवारी साधनलाई सधै प्राथमिकतामा राख्नु पर्छ ।

यस्ता सवारी साधनको मानविय सेवामा समयको एकदमै ठूलो महत्व हुन्छ । केही समयको फरकले कसैको मृत्यु हुने, धनजनको क्षती हुने वा चोरी अथावा अन्य घटना घट्न सक्छ । त्यसैले यस्ता साधनलाई प्राथमिकता दिनु पर्छ ।

९. पहाडी सडकमा अर्को लेनमा गुड्नु

समथर भुभागमा गाडी चलाउनु भन्दा पहाडी सडकमा गाडी चलाउन विशेष ज्ञान तथा दक्षता आवश्यक हुन्छ । पहाडी बाटाहरुमा घुमाउरो टर्निङहरु धेरै हुन्छन् । यस्ता टर्निङमा विपरित दिशाबाट आउदै गरेको सवारी देखिदैन । आखाँले नदेख्ने मात्र होइन पहाडका कारण हर्न पनि सुनिदैन । त्यसैले पहाडी बाटोमा गाडी चलाउँदा कहिले पनि घुमाउरो टर्निङमा आभरटेक गर्ने वा अर्को लेनमा आफ्नो गाडी चलाउनु हुँदैन ।

१०. टर्निङ लाइट नबाल्नु

टर्निङ लाइटको मुख्य काम भनेको आफ्नो अगाडि वा पछाडिको सवारी चालकलाई आफु कुन दिशामा जाँदैछु भन्ने जानकारी दिनु हो । कतिपय सवारी चालकहरुको आवश्यक्ता अनुसार साइड लाइट नवाल्ने वा एकदमै ढिलो मात्र बाल्ने बानी हुन्छ । यस्तो बानी छ भने तुरुन्त सुधार्नु पर्छ । नत्र दुर्घटनामा पर्न सक्ला है ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट