चीन: सी जिनपिङलाई इतिहासमै बलियो बनाउने ‘ऐतिहासिक प्रस्ताव’ पारित-Sutra News

चीन: सी जिनपिङलाई इतिहासमै बलियो बनाउने ‘ऐतिहासिक प्रस्ताव’ पारित

शुक्रबार, २६ कार्तिक २०७८

शुक्रबार, २६ कार्तिक २०७८
si jinping

चिनियाँ कम्युनिष्ट पार्टीले राजनीतिक इतिहासमा राष्ट्रपति सी चिनफिङको स्थानलाई बलियो बनाउने ‘ऐतिहासिक प्रस्ताव’ पारित गरेको छ ।



यस दस्तावेजमा पार्टीको विगत १०० वर्षको इतिहासका साथै पार्टीका प्रमुख उपलब्धिहरू र भावी दिशाहरू पनि समेटिएको छ।

कम्युनिष्ट पार्टीको स्थापनापछिको यो तेस्रो प्रस्ताव हो । पहिलो प्रस्ताव सन् १९४५ मा माओ त्सेतुङले पारित गरेका थिए भने दोस्रो प्रस्ताव सन् १९८१ मा देङ सियाओपिङले पारित गरेका थिए ।

बिहीबार बसेको पार्टीको छैटौं महाधिवेशनले उक्त प्रस्ताव पारित गरेको हो । यो सम्मेलनलाई चीनको सबैभन्दा महत्त्वपूर्ण राजनीतिक बैठक मानिन्छ।

यसरी, सी जिनपिङ यस्तो प्रस्ताव जारी गर्ने चीनको तेस्रो नेता मात्र बनेका छन्। पार्टीको यो कदमको उद्देश्य सी जिनपिङलाई पार्टीका संस्थापक माओ त्सेतुङ र उनका उत्तराधिकारी देङ सियाओपिङको बराबरीमा राख्नु हो।

 

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट