पौडेल समूहमा लफडा- सिंहद्वारा बैठक बहिष्कार  -Sutra News

पौडेल समूहमा लफडा- सिंहद्वारा बैठक बहिष्कार  

शुक्रबार, २६ कार्तिक २०७८

शुक्रबार, २६ कार्तिक २०७८

काठमाडौँ । सत्तारुढ दल नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले पार्टीका वरिष्ठ नेता रामचन्द्र पौडेल नेतृत्वको साथ छाडेका छन्  ।



काँग्रेसको आसन्न १४ औं महाधिवेशनको विषयलाई लिएर पछिल्लो समय पौडेल र सिंहबीचको दुरी पनि बढ्दै गएको नेताहरुले बताउँदै आएका छन् ।

पौडेल समूहले आजको बैठक नेता सिंहले बहिष्कार गरेका छन् । बत्तीसपुतलीस्थित अनुपम फुडल्याण्डमा बोलाइएको बैठकमा उनी सहभागी हुने छैनन् । यसका लागि उनले सन्देशसमेत पठाइसकेका छन् ।

नेता सिंहले पटकपटक रामचन्द्र पौडेलमाथि आरोपसमेत लगाउँदै आएका छन् । १३ औं महाधिवेशनमा आफूले पौडेल समूहलाई सहायोग गरेको तर अहिले आफूले सहयोग नपाएको उनको आरोप छ ।

त्यस्तै गठबन्धनले बनाएको समन्वय समितिप्रति पनि सिंहले आपत्ति जनाएका छन् । उनले उक्त समितिको कुनै पनि औचित्य नभएको बताएका थिए ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट