राष्ट्रिय महिला टोलीले पाएनन् विमान चढ्न, बंगलादेशबाट बसमै नेपाल फर्किने तयारी-Sutra News

राष्ट्रिय महिला टोलीले पाएनन् विमान चढ्न, बंगलादेशबाट बसमै नेपाल फर्किने तयारी

शुक्रबार, २६ कार्तिक २०७८

शुक्रबार, २६ कार्तिक २०७८

काठमाडौँ ।  बंगलादेशमा मैत्रीपूर्ण खेल खेल्न गएका नेपाली राष्ट्रिय महिला टोली विमान चढ्न नपाएपछि बसमा फर्किने भएका छन् । पूर्वनिर्धारित हिमालय एयरलाइन्सको उडानबाट बिहीवार नेपाल फर्किन नपाएपछि उनीहरूलाई बसमा भारतको बाटो हुँदै शुक्रवार नेपाल ल्याइने भएको हो ।



विमानस्थल पुग्दा उड्डयन अधिकारीहरूले ७२ घण्टाभित्रको पीसीआर रिपोर्ट मागेपनि नेपाली टोलीसँग नभएका कारण उनीहरु विमान चढ्नबाट रोकिएको बताइएको छ ।

विश्वकप एशिया छनोटकोप तयारीका लागि तीन मैत्रीपूर्ण खेल खेल्न नेपाली महिला टोली बाङ्ग्लादेश पुगेको थियो।

ढाकामा त्यहाँको बीकेएसपी क्लबसँग खेलिएका तीन खेलमा नेपाली टोलीले दुई वटामा जित हासिल गरेको थियो ।

स्वदेश फर्किन ढाका विमानस्थल पुगेपछि विमान चढ्न नपाएको विषयको अनुसन्धान गरिने यता नेपाल क्रिकेट सङ्घ क्यानका अध्यक्षले उक्त विषयमा अनुसन्धान गर्ने बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट