प्रधानन्यायाधीश चोर बाटोबाट अदालत छिरेपछि फेरी अर्को आन्दोलन-Sutra News

प्रधानन्यायाधीश चोर बाटोबाट अदालत छिरेपछि फेरी अर्को आन्दोलन

शुक्रबार, २६ कार्तिक २०७८

शुक्रबार, २६ कार्तिक २०७८

बेन्च बहिस्कार गरेर नेपाल बार एसोसिएसनको आन्दोलनको विरोधका काठमाडौंमा कानुन व्यवसायीसहितले प्रदर्शन गरेका छन् । उनीहरूले ‘दबाबको शासन अन्त्य गर, विधिको शासन कायम गर’ जस्ता प्लेकार्डसहित नारा लगाएका छन् ।



कार्यपालिकासँग राजनीतिक भागबन्डा खोजेकोलगायतका आरोपमा लगाएर प्रधानन्यायाधीश जबराको राजीनामा माग्दै बार र सर्वाेच्च अदालतकै १९ जना न्यायाधीश आन्दोलनमा उत्रिएको छ ।

बेन्च बहिस्कार गरेर न्यायाधीशसहित बार आन्दोलनमा उत्रिएपछि कानुन व्यवसायीसहितले शुक्रबार ‘बेन्च बहिस्कार अन्त्य गर’ ह्यासट्यागसहितको प्लेकार्ड बोकेर प्रदर्शन गरेका हुन् । प्रदर्शनमा स्वागत नेपाल, भूमिनन्द चुडालसहितका कानुन व्यवसायी सहभागी थिए ।

बिहीबार र शुक्रबार बारको धर्नामा कानुन व्यवसायी र सुरक्षाकर्मीबीच घम्साघम्सी परेको थियो । शुक्रबार बारले जबरालाई कार्यालय प्रवेश गर्न नदिने गरी धर्नामा बसेको थियो । तर, अर्कै गेट प्रयोग गरेर जबरा कार्यालयमा गएका थिए ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट